२२ कार्तिक २०८३, आइतबार

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित, सुशील कोइराला ८९ मतले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-1काठमाडौंं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनमा बहुमतसहित ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

उनले ३३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । कोइराला ८९ मतले पराजित भएका छन् ।