काठमाडौं, २४ असोज । एमालेका उपाध्यक्ष भीम रावलले एकीकृत माओवादीसँग शक्ति बाँडफाँटमा कुनै सहमति नभएको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निर्वाचन सम्पन्न भएपछि शक्ति बाँडफाँट हुने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै रावलले प्रधानमन्त्री निर्वाचन सक्किएपछि पद बाँडफाँट गरिने बताउनुभयो ।
उहाँले एकीकृत माओवादीले राष्ट्रपति र सभामुख पद नदिने सहमति भएको दाबी गर्नुभयो । ‘पद बाँडफाँट भएको छैन’, उहाँले भन्नभयो, ‘प्रधानमन्त्री निर्वाचन सकिएपछि ती पदमा कुराकानी हुन्छन् ।’
स्रोतका अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेवाफत एमाओवादीलाई राष्ट्रपति र सभामुख तथा केही महत्वपूर्ण मन्त्रालय दिने सहमति भएको छ ।
उपाध्यक्ष रावलले एकीकृत माओवादीका सबै सांसदले ओलीको पक्षमा मतदान गर्ने बताउनुभयो । उहाँले एमाओवादीका सांसदहरू नेता बाबुराम भट्टराईको नरहेको बताउनुभयो । ‘एमाओवादीका सभासद एमाओवादीकै हुन् कसैका होइनन्’, उहाँले भन्नुभयो ।
तपाई मन्त्री बन्ने की नबन्ने भन्ने जिज्ञासामा उपाध्यक्ष रावलले पार्टीले जिम्मेवारी दिए स्वीकार गर्ने बताउनुभयो । उहाँले आफू पदको भोको नरहेको भन्दै जिम्मेवारी पाए लिने बताउनुभयो ।












प्रतिक्रिया