काठमाडौं, २४ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचचित हुने अवस्था आएपछि आफ्नो पार्टीका लागि राष्ट्रपति दाबी गर्न ढोका खुलेको बताएका छन् ।
एमाओवादी संसदीय दलको शनिबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले कांग्रेसले सहमतीय राजनीति तोडेका कारण राष्ट्रपतिमा दाबी गर्न आफ्नो पार्टीका लागि ढोका खुलेको बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
कांग्रेसले पहिले भएको सहमति उल्लंघन गरी कोइरालाई उमेद्वार बनाएपछि आफूहरुले राजनीतिक इमान्दारी प्रर्दशन गर्न पनि समर्थन गर्नुपरेको उनले बताए ।















प्रतिक्रिया