२२ कार्तिक २०८३, आइतबार

मोदीलाई नेपालको चेतावनी- नाकाबन्दी तुरुन्त हटाउ, अन्तर्राष्ट्रिय कानुनको फन्दामा नपर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalभक्तपुर, २३ असोज । नेकपा (एमाले)का नेता माधवकु्मार नेपालले अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौता विपरीत भारतले लगाएको नाकाबन्दी तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।

एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनुगलत भएको उल्लेख गर्नु भयो ।

नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल आवश्यक भएको औँल्याउनुभयो ।

संविधान अध्ययन नै नगरी मधेसमा गलत प्रचार गरिएको टिप्पणी गर्दै नेता नेपालले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजाति तथा महिलाको छुट्टै आयोग बनाएर उनीहरुको थप मागलाई सम्बोधन गर्ने व्यवस्थासमेत गरिएको बताउनुभयो ।

उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने ८५ प्रतिशत सभासद्को समर्थनमा बनेको नेपालको संविधान उत्कृष्ट संविधान भएको जिकिर गर्नुभयो ।

मधेसका नागरिकले संविधानको यथार्थाता बुझेर मात्रै आन्दोलनमा साथ दिनुपर्ने बताउँदै उहाँले मधेस आन्दोलन सीमित व्यक्तिको स्वार्थले जेलिएकाले तत्काल आन्दोलन रोकेर नाकाबन्दी सहज बनाउन मधेसी जनता लाग्नुपर्ने बताउनुभयो ।

एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले भारतको नाकाबन्दी खुलाउन सबै समुदाय एवम् निकाय एक भएर लाग्नुपर्ने धारणा राख्नु भयो । रासस