५ कार्तिक २०८३, बिहिबार

कांग्रेसलाई प्रधानमन्त्री निर्वाचनमा मधेसी र एमाओवादीले समर्थन गर्ने !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, २३ असोज । कांग्रेसले एमाओवादीसहित मधेश केन्द्रित दलहरुसँग छलफल गरेपछि मात्रै सरकारको नेतृत्वका लागि दावी गर्ने या नगर्ने निर्णय लिने भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले नै सरकारको नेतृत्व लिनुपर्ने पक्षमा बहुमत देखिए पनि त्यसका लागि एमाओवादीको समर्थन प्राप्त हुने भएमात्रै पार्टीले उम्मेदवार दिने निष्कर्षमा कांग्रेस पुगेको कान्तिपुर दैनिकले छापेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सरकारको नेतृत्व लिने र पार्टीभित्रै कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा औपचारिक निर्णय गर्न सकेन ।

बैठकमा सदस्यहरुले यी दुवै बिषयको निर्णय लिन माग गरेपछि कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले सरकारको नेतृत्वका लागि कांग्रेसले पहल थाल्ने बताउँदै तीन जनामध्ये जसको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था हुन्छ त्यसैको आधारमा निर्णय हुने जानकारी गराएका थिए ।

उपसभापति रामचन्द्र पौडेलले भने आफ्नो नाममा केन्द्रीय कार्यसमितिबाटै निर्णय लिईनुपर्नेमा जोड दिएका थिए ।

कोइरालाले अन्य दलसँगको छलफलपछि निर्णय गर्ने बताए । महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र सहमहामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा आएको राय अनुसार अन्य दलसँग छलफल गर्ने र त्यसपछि निर्णय लिइनु उपयुक्त हुने बताएका थिए ।