५ कार्तिक २०८३, बिहिबार

जाँदाजादै बामदेवले सिडिओहरूको सरुवा गरे, आफ्नालाई ‘कामु’को जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, २३ असोज । नयाँ सरकार बन्ने गृहकार्य भइरहेका वेला गृह मन्त्रालयले डेढ दर्जन प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

गृहले सहसचिवको दरबन्दी रहेका नौ जिल्लामा उपसचिवलाई कामु प्रमुख जिल्ला अधिकारी बनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रशासनका दर्जनौँ सहसचिव हुँदाहुँदै गृहले हतारहतारमा उपसचिवलाई सहसचिवको दरबन्दीमा कामु सिडिओ बनाएको हो ।

गृहले मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बराललाई रौतहटको कामु प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

गृह मन्त्रालयका उपसचिव विष्णुप्रसाद पोखरेललाई बागलुङको कामु प्रमुख जिल्ला अधिकारी, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई गुल्मीको कामु प्रमुख जिल्ला अधिकारी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई धादिङको प्रमुख जिल्ला अधिकारी, सप्तरीका वीरेन्द्रकुमार यादवलाई महोत्तरीमा, गृह मन्त्रालयका सहसचिव अनिलकुमार ठाकुरलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा र रौतहटका मदन भुजेललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

झापाका सहायक प्रजिअ कमलबहादुर थापालाई ताप्लेजुङ, खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद सापकोटालाई झापाको सहायक सिडिओ र धादिङका वासुदेव घिमिरेलाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको छ ।

यस्तै, गृह मन्त्रालयका उपसचिव रुद्रप्रसाद खड्कालाई खोटाङको प्रमुख जिल्ला अधिकारी, सोलुखुम्बुका झंकप्रसाद ढकाललाई पर्वत, पर्वतका ऋषिराम तिवारीलाई गृह मन्त्रालय, मन्त्रालयका मोहन अकेलालाई लमजुङको प्रमुख जिल्ला अधिकारी, लमजुङका श्रवणकुमार तिमल्सिनालाई गृह मन्त्रालय र रामेछापका वासुदेव दाहाललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी मन्त्रालयका देवीबहादुर भण्डारीलाई सिरहाको सहायक प्रमुख जिल्ला अधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेलाई मन्त्रालय, बागलुङका शेषनारायण पौडेललाई रामेछाप तथा मन्त्रालयका गणेशबहादुर अधिकारीलाई मुस्ताङ र मन्त्रालयकै कृष्णप्रसाद शर्मालाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।