काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माओवादी र माओ विचारधारा मान्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको छ ।
माओवादीको बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले माओवाद र माओ विचारधारा मान्ने पार्टीहरूबीच एकताका लागि अपिल गरेर ठोस पहल लिने निर्णय गरेको हो । यो निर्णयसँगै माओवादीले एकीकृत नेकपा माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा (एकीकृत) लगायतका माओवादी विचारधारा मान्ने पार्टीहरूसँग एकताका लागि वार्ता अगाडि बढाउने भएको छ ।
एमाओवादी र माओवादीबीच पार्टी एकता संविधान जारी गर्न प्रमुख दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिसँगै रोकिएको थियो । ‘क्रान्तिकारी कम्युनिस्ट खासगरी माओवाद र माओविचार मान्नेहरूबीच एकताका लागि अपिल र ठोस पहल गर्ने निर्णय भयो,’ बैठकको निर्णयबारे माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले भने ‘यो निर्णयले क्रान्तिकारी कम्युनिस्टहरूबीचको ध्रुवीकरणलाई मद्दत पुर्याउँछ ।’ पाँच दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले क्रान्तिकारी धु्रवीकरणको नेतृत्व लिन अध्यक्ष वैद्यलाई दबाब दिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
















प्रतिक्रिया