काठमाडौं, २२ असोज । दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन पाउने भएका छन् ।
गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र यातायत व्यवसायीबीच भएको बैठकले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।
चाडबाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनको लागि तेल दिने निर्णय भएको छ, मन्त्रालयका आपूर्ति व्यवस्सथापन तथा संसथान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने ।
मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई १० लिटर तेल दिइने निर्णय भएको छ ।















प्रतिक्रिया