काठमाडौं, २२ असोज । सरकारले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पूर्णिमासम्म असोज २६ गतेदेखि ९ गतेसम्म सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था र यातायतमा समस्या उत्पन्न भएको कारण देखाउँदै मन्त्रिपरिषदमा लामो दसैं बिदा प्रस्ताव गरेको कान्तिपुर दैनिकले छापेको छ ।
यसअघि सरकारले दसैंमा ६ दिन बिदा दिन्थ्यो । यस पटक सरकारले १४ दिन बिदा दिनेछ ।















प्रतिक्रिया