५ कार्तिक २०८३, बिहिबार

चीनबाट ग्यास ल्याउने उद्योगीको तयारी, सरकारले अनुमति दिए पाँच दिनमै आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandकाठमाडौं, २१ असोज । ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् ।

उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको छ ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।

घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’ नयाँ पत्रिकामा खबर छ ।