१ कार्तिक २०८३, शनिबार

भारतलाई चुनौति दिँदै नेपालद्धारा इन्धन किन्न ग्लोबल टेण्डर आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, २१ असोज । अघोषित रुपमा नाकाबन्दी गरिरहेको भारतलाई चुनौति दिँदै नेपालले इन्धन आपूर्तिका लागि ग्लोबर टेन्डर आह्वान गरेको छ ।

नेपालमा इन्धन निर्यातमा एकलौटी राज गर्दै आइरहेको इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै सरकारले इन्धन आपूर्तिका लागि ग्लोबल टेण्डन आह्वान गर्ने निर्णय गरेको हो । सरकारको निर्णयपछि नेपाल आयल नियमले इन्धन पैठारीका लागि विहीबार टेन्डर आह्वान गरेको छ ।

देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आह्वान गरेको छ ।

हवाइ मार्ग वा स्थलमार्गबाट चाँडो भन्दा चाँडो काठमाडौंमा इन्धन ल्याउनुपर्ने सरकारी शर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आह्वान गरेको छ ।

नेपाल आयल निगमले जारी गरेको सूचनाःNOC-Notice