काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ ।
शनिबार ओमानको अल अमरात क्रिकेट मैदानमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ ।
सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन् ।
नेपालको प्लेइङ ११ः
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी















प्रतिक्रिया