५ कार्तिक २०८३, बिहिबार

घटस्थापनादेखि कोजाग्रतपूर्णीमासम्म दसैँ विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dashainकाठमाडौं, २१ असोज । नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ ।

निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०ं) बन्द हुने समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।

न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो ।

अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म ६ दिन बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूणिर्माका दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ ।