१ कार्तिक २०८३, शनिबार

बाह्र ट्याङ्कर पेट्रोल काठमाडौं पठाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tyankerकाँकडभिट्टा (झापा), २० असोज । पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको ३५ ट्याङ्कर पेट्रोलियम पदार्थमध्ये १२ ट्याङ्कर आज काठमाडौं पठाइएको छ ।

सहायक जिल्ला अधिकारी कमल थापाले चार ट्याङ्कर पेट्रोल र आठ ट्याङ्कर डिजेल प्रहरीको सुरक्षामा काठमाडौँं पठाइएको बताउनुभयो ।

उहाँले पहाडी जिल्ला इलाम पाँचथर र ताप्लेजुङ पनि एक ट्याङ्कर पेट्रोल र दुई ट्याङ्कर डिजेल पठाएको बताउनुभयो । त्यसैगरी पाँच ट्याङ्कर पेट्रोलियम पदार्थ विराटनगर पठाइको उहाँको बताउनुभयो ।

यसरी पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको डिजेल र पेट्रोल गरी झापाका लागि १५ ट्याङ्कर मात्र बाँकी रहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले बताउनुभयो ।

आजदेखि झापामा पेट्रोलियम पदार्थको आपूर्ति केही सहज भएको अध्यक्ष भण्डारीले बताउनुभयो रासस