परासी, २० असोज । दुवईमा मृत्यु भएका नवलपरासीको देवचुली नगरपालिका–७ का रामबहादुर लामाको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन् ।
करिव दुई महिनाअघि एक नेपाली कामदारले नै हत्या गरेका रामबहादुरको शव नेपाल ल्याउन नसकिएको हो । रामबहादुरको परिवारले अहिले उनको शवको प्रतिक्षामा रहेको छ ।
नवलपरासी देवचुली नगरपालिका–७ का रामबहादुर लामा विदेश गएको एक वर्ष मात्र भयो ।
राति राम्रैसँग कुराकानी गरेका श्रीमान् भोलिपल्ट मरे भन्ने समाचारले स्तब्ध बनेकी श्रीमती हरिमाया श्रीमान्को शव आउने बाटो हेरेर प्रतीक्षामा बस्नुभएको छ ।
शव ल्याउन हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)द्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीले पहल गरिरहेको जनाएको छ ।
शव आउने प्रक्रियामा रहेको भए पनि हत्याको घटनाको छानबिन र बकर इद्को बेला भएकोले शव आउन ढिला भएको सूचना तथा परामर्श केन्द्रका संयोजक खगराज गौतमले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया