काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)का निम्ति ज्यान फालेर लागेका भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले शुक्रबारको क्याबिनेट बैठकमा ‘म त भारतको समर्थक भनेर रजिस्टर्ड भइसकें क्यारे, मलाई मधेस आन्दोलकारीको समर्थन गर्न के को आपत्ति !’ उनले यसाे भन्दै गर्दा भन्दै पुरुषोत्तम पौडेल र राधा ज्ञवालीको हकमा ‘एउटालाई राजीनामा र अर्कालाई बखास्ती के हो ?’ भन्दै एमाले मत्रीहरुले गलफत्ती झिकेका छन् । सुशील कोइरालालाई ‘तपाईंका पार्टीका मान्छे हुन् ती जेसुकै गर्न ?’ भन्दै र्याखर्याक्ती पारे ।
‘पुरुषोत्तमको हकमा अख्तियारको पत्र क्याबिनेटमा सुनाउनभयो । तर राधाबारे के लेखेको छ भनेर खै जानकारी दिएको ?’ भन्दै प्रधानमन्त्री एमाले मन्त्रीले समक्ष तीतो पोखेका थिए । क्याबिनेटले राजधानी र तराई मधेसबीचको दुरी कम गराउने, काठमाडौं उपत्यका प्रवेश गर्ने भरपर्दो वैकल्पिक मार्ग निर्माण सम्झौतासम्बन्धी मस्यौदा पुनरावलोलकन गर्न असोज १ गते गठित समितिले बुझाएको प्रतिवेदनमाथि निक्कै गम्भीर छलफल गरी विमलेन्द्रलाई निराश बनाएको थियो ।
राष्ट्रिय योजना योजना आयोगकाका उपाध्यक्ष गोविन्दराज पोखरेलको अध्यक्षतामा गठित समितिले आयोजनाको विश्लेषण गरी हालको प्रस्तावमा व्यापक हेरफेरको सुझाव पेश गरेको छ । आयोजनाको दुर्वल पक्षबारे आफ्नो राय पेश गर्ने क्रममा प्रतिवेदनमा उल्लेख छ ‘लगानीकर्तालाई न्यूनतम आयको सुनिश्चतता भएकोले उसले संचालन कुशलता नदेखाए पनि घाटा नपर्ने हुँदा प्रश्न गर्न सकिने ठाउँ छ ।
हचुवाको भरमा न्यूनतम सवारी संख्या प्रक्षेपण गरिएकोमा पनि प्रश्न उठाइएको छ । मोदीले नेपाल भ्रमणका बेला निकै शानले घोषणा गरेको आर्थिक सहायता र सहुलितय ऋण यही आयोजनामा खर्च गर्ने भारतीय योजनातिर घुमाउरो भाषामा प्रतिवेदनले इगित गरेको छ । भारतीय सहायता ७५० मिलियन अमेरिकी डलर अन्ततः भारततिरै लाने योजना रहेको देखिन्छ ।’ अाजकाे जनअास्थामा खबर छ ।















प्रतिक्रिया