५ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चा र भारतीयको गठबन्धनले दसैँमा घर जान नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaकाठमाडौं, २० असोज । इन्धन अभावकै कारण दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकिने यातायात व्यवसायीले प्रस्त पारेका छन् ।

‘अहिलेकै स्थितिमा हामी दसैंका लागि अग्रिम टिकट खुलाउन सक्दैनौ’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोट सिटौलाले भने,‘चर्को इन्धन अभाव छ । जाँदाजाँदै बाटोमै इन्धन सकियो भने बीचमा कहीँ पाइँदैन । सुरक्षाको पनि उस्तै चिन्ता छ । त्यसैले दसैंमा अग्रिम टिकट खुलाउन सकिन्नँ ।’

निगमले दसैंमा कुन–कुन रुटमा कति बस सञ्चालन हुन्छन् भन्ने तथ्यांक व्यवसायीसँग मागेको छ ।

यातायात व्यवसायीका तथ्यांकका आधारमा कहाँ–कहाँबाट इन्धन दिन सकिन्छ भन्नेबारे निगमले निर्णय गर्ने थानकोट डिपोका प्रमुख रविन शर्माले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।