१ कार्तिक २०८३, शनिबार

नेपाल टेलिकमको पोष्टपेडमा इन्टरनेटको विशेष सुविधा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NTC Telicome Nepalकाठमाडौं, १९ असोज । नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेजमार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको छ ।

टेलिकमले दुई सय एमबी डाटा १ सय ३० रुपियाँमा उपलब्ध गराउने भएको हो । यो सेवा भोलि बुधबारदेखि लागू हुने टेलिमले जनाएको छ ।

५ सय एमबीका लागि ३ सय र १ जीबीका लागि ५ सय रुपियाँ तोकिएको छ । यो प्याकेज एक महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

तीन जीबी डाटा १२ सय ९० रुपियाँमा उपलब्ध हुनेछ । प्याकको अवधि २ महिना रहेको छ ।

५ जीबी डाटा १८ सयमा उपलब्ध हुनेछ । यो प्याक ३ महिनासम्म प्रयोग गर्न सकिनेछ ।

उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । यसमा थप १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।

डाटा सुविधा लिनका लागि मोबाइलबाट डाटा टाइप गरी स्पेस दिएर आफूले चाहेको भोल्यूम टाइप गरी १४०० मा एसएमएस गर्नुपर्ने हुन्छ ।

प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ ।