काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा आज बिहान ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा. प्र. ०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवासलाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुढाथोकी दम्पती घाइते भएका छन् । उनीहरुको बनेपाकै शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया