५ कार्तिक २०८३, बिहिबार

भारतीय नागरिकले राजधानीमा किन मानव बलि दिन खोजे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Himsaकाठमाडौं, १९ असोज । हड्डी जाड्ने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नार्गाजुनमा एक युवती बन्ध बनाइ बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पहरी भारतीय नागरिक हुन भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।

पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो ।