५ कार्तिक २०८३, बिहिबार

राधाले दिन नसकेको दुई अर्बको ठेक्कामा बामदेवको चासो, करोडौको चलखेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, १९ असोज । काम चलाउ सरकारले नीतिगत र गम्भीर प्रकृतिका निर्णय गर्न नपाउने परम्परा तोड्दै उर्जा मन्त्रालयको कार्यभार समालेको भोलिपल्टदेखि नै उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय एजेन्टले विगतमा लबिङ गर्दै आएको ज्यागुयर कम्पनीलाई २ अर्ब रुपैयाँको ठेक्का दिने निर्णय प्रक्रिया रातारात अघि बढाएका छन् ।

यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्समक्ष गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अघिल्लो उर्जामन्त्री अध्यक्ष रहेको विद्युत प्राधिकरण संचालक समितिले अस्वीकृत गरेको सोलु कोरिडर १३२ केभी प्रसारण लाइनको ठेक्का ज्यागुयर ओभरसिजलाई सरकार परिवर्तनअघि नै दिलाउन गौतम लागिपरेका छन् ।