काठमाडौं, १९ असोज । पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई क्षतिपूर्ति दाबी गरेको छ ।
एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता (बिटुबी) सम्झौता अनुसार क्षतिपूर्ति भर्न निगमले पत्र लेखेको नागरिक दैनिकले समाचार छापेको छ ।
सम्झौतामा एनओसीले माग गरे अनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने छ । सोही सम्झौतामाथि टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र लेखेको हो ।
बिटूबी सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौताको उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ ।















प्रतिक्रिया