काठमाडौं । टीकापुर काण्डमा प्रहरी अधिकृत मारिएपछि दर्जन व्यक्ति पक्राउ परेका छन् । उनीहरुमध्ये केहीलाई सरकारले सार्वजनिक मुद्दा लगाएको छ । ती मध्ये एक भगौडा हुन, धनीराम चौधरी । जो थारु कल्याणकारिणाी सभाका अध्यक्ष पनि हुन् ।
उनलाई प्रहरीले मोस्ट वान्टेड भन्दै खोजी गरिरहेको छ । तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् । उनीमाथि टिकापुर काण्डमा प्रहरी अधिकतृ हत्याको आरोप लगाइएको छ ।
प्रहरीले अपराधी भन्दै खोजिरहेका उनै चौधरीसँग शुक्रबार सिंहदरबारमा एकजना मन्त्रीले घनिभूत छलफल गरेका छन् । चौधरीलाई मोस्ट वान्टेडमा खोजी गरिए पनि वनमन्त्री महेश आचार्यले शुक्रबार चौधरीसहित टोलीसँग वार्ता गरहेको हो ।
संयुक्त संघर्ष समितिसँग प्रमुख तीन दलको वार्ता टोलीका सदस्यले सामूहिक छलफल गरेका हुन् । धनीराम एमाले निकट कर्मचारी संघका सक्रिया कार्यकर्ता हुन् । आजको तरुण साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया