५ कार्तिक २०८३, बिहिबार

हामीलाई पद चाँहिदैन् भन्ने एमाओवादीको भित्रभित्रै यस्तो दाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-intकाठमाडौं । चार दलका शीर्ष नेताबीचको भद्र सहमति र संविधान जारी गराउन खेलेको नेतृत्वदायी भूमिकाको कारण केपी ओलीलाई नै प्रधानमन्त्री बनाउन चाहिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीभित्रै दबाबमा परेका छन् ।

प्रचण्डमाथि कांग्रेससँग मिलेर राष्ट्रपति र रोजेका मन्त्रालयसहित सरकारमा जान दबाब परिरहेको छ । प्रचण्ड, नारायणकाजी, नन्दकिशोर पुन लगायतका नेताहरु राजनीतिमा बचेको पक्का हुनुपर्ने भन्दै एमालेसँग मिलेर जानुपर्ने पक्षमा छन् । तर, बहुमत हिस्सा कांग्रेससँग मिलेर जानुपर्ने पक्षमा छ ।   प्रचण्डले उनीहरुलाई जवाफ दिएका छन्, – अहिले संविधान संसोधन गर्नुपर्ने छ त्यसका लागि कांग्रेस एमाले नमिली हुँदैन । संविधान कार्यान्वयन र कानुन निर्माणको लागि पनि सहमतीय सरकार आवश्यक भएकोले हामी तीन दल मिलेर जानैपर्छ । यदि कांग्रेस र एमालेमध्ये एक प्रतिपक्षमा रहने अवस्थामा हामीले त्यो बेला आफ्नो फाइदा हेर्ने कुरा आउँछ । अहिले हामीले ओलीलाई नै भनेको हो । तर, हामीले भनेर मात्र ओली प्रधानमन्त्री हुने अवस्था छैन ।

स्रोतका अनुसार एमाओवादीमा अहिले कांग्रेस र एमालेमध्ये कसले बहुमत कायम गर्न सक्छ, उसैलाइ सघाउने सोच विकास भएको छ । मुख्य कुरा कांग्रेस एमाले नमिलेको खण्डमा राष्ट्रपतिको बार्गेनिङ माओवादीले गर्नेछ ।

कांग्रेसले रोजेका मन्त्रालयसमेत दिने भनिसकेको अवस्थामा एमाओवादीका नेताहरु कांग्रेसतिर झुकाव राख्न थालेका छन् । एमाले प्रतिस्पर्धी वामपन्थी शक्ति भएको र एमालेका कार्यकर्ताहरुले एमाओवादी सिध्धियो भन्दै गाउँगाउँमा अपमानितसमेत गर्ने गरेकोले कांग्रेससँग मिल्दा फाइदा हुने तर्क पार्टीभित्र बलियो हुँदै गएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।