१ कार्तिक २०८३, शनिबार

बालुवाटारबाट कालो निलो भएर किन निस्किए ओली र प्रचण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachanda

 

काठमाडौं, १८ असोज । नयाँ सरकार गठनबारे सोमबार विहानै प्रमुख तीन दलको बैठक बसेको छ ।

बैठकमा राष्ट्रिय सरकार गठन र नेतृत्वका विषयमा कुरा नमिलेको खुलासा भएको छ । विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सरकारको नेतृत्व कस्ले लिने विषयमा विवाद भएको स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले अबको राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै लिने अडान राखेपछि विवाद भएको हो । प्रधानमन्त्रीको अडानपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका दाबेदार केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छाडेर हिडेको स्रोतले जनायो ।

‘सहमति गरौं भनेर ओली र प्रचण्ड बैठकमा आएका थिए, कोइरालाले आफै नेतृत्व लिने शर्त राखेपछि वार्ता भाँडियो’ स्रोतले भन्यो । बालुवाटारबाट रातो पिरो भेषमा निस्किएका एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डले बैठकमा राष्ट्रिय सरकारको विषयमा छलफल भएको मात्र बताए ।

पूर्व सहमति अनुसार एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्नुपर्ने भएपनि पछिल्लो समय कांग्रेसले बोली फेर्दै आफै नेतृत्व लिन कसरत गरिरहेको छ । यता एमाले अध्यक्ष ओलीलाई पार्टी औपचारिक रुपमै प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ ।

राष्ट्रपति रामवरण यादवबाट सात दिनभित्र नयाँ सरकार गठनका लागि आव्हान भएको आज चौथो दिन नेतृत्व लिने विषयमा तीन दलको बैठक बसेको हो । यसअघि विहान सर्वदलीय बैठक आव्हान गरिएको थियो । अब सर्वदलीय बैठक दिउँसो २ बजे बस्ने छ ।