७५ वर्षीय चन्द्रबहादुर डाँगीका भदौ १८ गते अमेरिकाको अमेरिकम सामुआ टापुमा निधन भएको हो । सर्कसमा नचाउन पुरार्याइएका चन्द्रबहादुर डाँगीको शव असोज १६ गते नेपाल ल्याइएको उनका भतिजा दोलखबहादुर डाँगीले जानकारी दिनुभयो । चन्द्रबहादुर डाँगीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । भोलि मंगलबार दिउँसो एक बजे दशरथ रङ्गशालामा राष्ट्रिय सम्मान दिएपछि चन्द्रबहादुर डाँगीको शवलाई जन्मस्थान सल्यान जिल्ला लगिनेछ । सल्यान जिल्लाको कालीमाटीस्थित शारदा नदीको घाटमा सकेसम्म भोलि मंगलबार नै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको भतिजा दोलखबहादुरले बताउनुभयो । चन्द्रबहादुर डाँगीको ७५ वर्षअघि सल्यान जिल्लाको रामपुर गाविसमा जन्म भएको थियो । सानो कदका चन्द्रबहादुरले नेपालको नाम विश्वमा चम्काउनु भएको छ ।
















प्रतिक्रिया