‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’ उनले यति धेरै सहयोग गर्दा पनि नेपालीले भारतविरुद्ध प्रदर्शन गरेको भन्दै आफ्ना प्रधानमन्त्री मोदीको पुत्ला नजलाउन चेतावनी दिएका छन् । उनले नेपालमा आफूहरूले नाकाबन्दी नगरेको भन्दै मधेसका नेपालीहरूले नाकाबन्दी गरेको बताए । ‘पहिला मोदीको पुत्ला जलाउने कार्य बन्द गर्नु पर्यो’, उनले भने, ‘नेपालीहरू गुराहमा बसेर नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्ध विगार्न केही तत्व लागेका छन् ।’ ‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’
















प्रतिक्रिया