५ कार्तिक २०८३, बिहिबार

भारतको योजना नेपाललाई दबावमा राखिरहने, नाकाबन्दी नखोल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, १८ असोज । वीरगंज नाका नखोल्नुमा भारतले सीमावर्ती असुरक्षा यथावत् रहेको कारण देखाए पनि खास कारण भने राजनीतिक नै रहेको दिल्लीस्थित कूटनीतिक स्रोतले बताएको छ ।

नेपालसँग जोडिएका प्रमुख ६ नाकामध्ये सबैभन्दा बढी ७० प्रतिशत भन्दा ज्यादा इन्धन भित्रने यो नाका सुचारु नगरी दिल्लीले अझै दबाब जारी राख्ने नियत राखेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

त्यहाँबाट तत्काल ढुवानी नहुदाँ संविधान संशोधन प्रक्रियालाई डेडलाइन तोकेरै फास्ट ट्रयाकमा लैजान नेपाल सरकारमाथि दबाब पर्ने भारतीय अधिकारीको बुझाइ रहेको स्रोतले बतायो ।