काठमाडौं, १७ असोज । नेपालमा संविधान जारी भएलगत्तै तराईमा असुरक्षा बढेको भनेर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी खुला गर्ने भएको छ ।
पटकपटकका अनौपचारिक संवादपछि नाका खोल्न भारत सहमत भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नाकाबन्दी गरेको घोषणा नगरेकाले खोल्दा पनि भारतले औपचारिक घोषणा गरेको छैन ।
तर, शनिबार साँझ भारतीय विदेश मन्त्रालयले सवारीसाधन आवत–जावतमा सहजता ल्याउन र नाकामा अवरोध नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।















प्रतिक्रिया