५ कार्तिक २०८३, बिहिबार

रातारात वैद्यको शरणमा किन गए बाबुराम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-baidyaकाठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद एकआपसमा बधाई साटासाट गर्दै रात्रिभोजमा सहभागी भइरहेका थिए ।

तर संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा(माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चताप र आत्मग्लानि गर्न आतुर थिए । संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसवाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई बैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए ।

‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रिभोजमा सहभागी हुन मन लागेन । संविधानसभाबाट बाहिर निस्कनेवित्तिकै तपाईंलाई फोन गरें । फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ,’ भट्टराईले बैद्यसँग भने ।   संविधानसभामाफर्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफूसँग पार्टीभित्र संघर्ष गर्दै आएका भट्टराईको अभिव्यक्ति सुनेपछि वैद्य चकित खाए ।   ‘तपाईंको लाइन त संवैधानिक रुप्मा पास गराउनुभएको छ, तपाईं बेखुशी हुनुपर्ने के रह्यो र ?’ वैद्यले भट्टराईलाई सोधे ।

भट्टराईले जवाफ दिए ‘खै हुन त हो तर, मलाई चित्त बुझेको छैन । बहुमत अल्पमतमा संविधान बनाउने कुरा चित्त बुझेन ।   भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए । उनले खासै नयाँ कुरा नभएको माओवादी आन्दोलनको समिक्षा भएको, धेरै लामोसमयदेखि भेट नभएकाले भट्टराई आफैंले फोन गरेर बैद्यलाई भेटेको बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।