५ कार्तिक २०८३, बिहिबार

राष्ट्रसंघमा उपप्रधानमन्त्री सिंहले किन भारतको प्रशंसा गरे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN-Prakashman-Singhकाठमाडौं, १६ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई शुक्रबार न्युर्योकमा सम्बोधन गर्ने क्रममा भारतले अहिले नेपालमाथि लगाइरहेको चर्को नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष कुरा राख्न सकेनन् ।

संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको नयाँ संविधान आफू अनुकुल नबनेको भन्दै रुष्ठ भारतले एक सातादेखि नाकाबन्दी लगाएपछि नेपालको जनजीवन ठप्प भइरहेका बेला मन्त्री सिंहले नेपालका तर्फबाट त्यसबारे बोल्न सकेनन् ।

मन्त्री सिंहले वैशाखामा गएको भूकम्पमा भारतले गरेको सहयोगका लागि प्रसंसा भने गर्न छुटाएनन् ।

यद्यपी सिंहले घुमाउरो भाषामा अतिकम विकसित मुलुकको पारवहन सुविधा कुनै पनि बहानामा रोकिन नहुने भन्दै भारतको नाकाबन्दीको विरोध गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । भारतको नामै किटेर नाकाबन्दी लगाएको भन्न सकेनन् ।