
काठमाडौं, १६ असोज । सरकारले विभिन्न निकायमा कार्यरत १३ जना सचिवलाई एकैपटक जगेडामा राख्ने निर्णय गरेको छ ।
बिहीबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवलाई एकैपटक जगेडामा राख्ने निर्णय गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सरकारले जगेडामा राख्ने निर्णय गरिएका सचिवहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय नारायणगोपाल मलेगो, प्रेमकुमार राई, अर्थसचिव सुमनप्रसाद शर्मा, ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री, महिला मन्त्रालयका सचिव धनबहादुर तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौड्याल छन् ।
यस्तै, अतिरिक्त समूहमा राखिएका अन्य सचिवमा वन तथा भूसंरक्षण मन्त्रालयका मधुप्रसाद रेग्मी, सुर्खेतका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिक, शान्ति तथा पुनर्निर्माणका रमेशकुमार शर्मा, धनकुटाका क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्य, स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ र शरदचन्द्र पौडेल रहेका छन् ।
सरकारले उनीहरूलाई जगेडा समूहमा राखे पनि हाललाई कार्यरत रहेकै निकायमा कार्य गर्न जिम्मेवारी दिने निर्णय गरेको छ । यद्यपि, उनीहरू सबैको दरबन्दी अतिरिक्त समूहमा राखिएको छ ।















प्रतिक्रिया