५ कार्तिक २०८३, बिहिबार

भारतले आजदेखि नाकाबन्दी खुलाउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi Dovalकाठमाडौं, १६ असोज । द्विदेशीय सीमाक्षेत्रमा बढेको असुरक्षा र आन्दोलनलाई कारण देखाउँदै भारतले एकसातायता गरेको नाकाबन्दी खुलाउन भारत सरकारले शनिबार निर्देशन दिने संकेत आएको छ ।

काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार बिहान दिल्ली फर्किएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दिउँसो भेटवार्ता गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सुरक्षा सल्लाहकारबाट द्धिदेशीय सम्बन्धको सहजीकरणमा आवश्यक उपाय अवलम्बन गर्न लागिएको सकारात्मक संकेत पाएका राजदूत उपाध्यायले यसबारे छिट्टै नतिजा देख्न सकिने प्रतिक्रिया दिए ।