१ कार्तिक २०८३, शनिबार

भारतीय नाका खुल्यो, दाङमा आइतबारदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil

– सुधासुमन ढकाल

दाङ, १५ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतले अन्ततः नाका खोलेको छ ।

भारतले मध्य पश्चिमाञ्चलसँग जोडिएको रुपडिहा नाका खोलेको हो । नाका खुलेपछि दाङमा आगामी आईतबार पेट्रोलियम पदार्थ आउने भएको छ । नेपाल आयल निगम वितरण कार्यालय तुलसीपुरले रुपडिहा नाका खुलेकाले आईतबारदेखि भारतले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जनाएको छ ।

वितरण कार्यालय प्रमुख सुजित पोखरेलले पेट्रोल, डिजल र मट्टितेलका लागि आफूले विहीबार माग गरेर पठाएको र त्यो आइतबार (पर्सी) आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक दाङमा एक सय २० हजार लिटर डिजल, ५२ हजार लिटर पेट्रोल र २४ हजार लिटर मट्टितेलको माग छ ।

सामान्य अवस्थामा दाङमा दिनमा ४० हजार लिटर डिजल, हप्तामा ४० हजार लिटर पेट्रोल र महिनामा २४ हजार लिटर मट्टितेल खपत हुने गरेको उहाँले बताउनुभयो । गएको आईतबारदेखि दाङमा पेट्रोलियम पदार्थ नभित्रिएकाले यो पटक धरै मात्रामा पेट्रोलियम पदार्थको माग भएको कार्यालयले जनाएको छ । पेट्रोलियम पदार्थको वितरण भने प्रशासनसंग समन्वय गरेर मात्र गरिने पोखरेलले बताउनुभयो ।