५ कार्तिक २०८३, बिहिबार

बाबुरामलाई ९ जनाको समर्थन ! को–को छन् लिष्टमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai (1)

काठमाडौं । प्रचण्डले उधारो आश्वासन पूरा नगरेपछि बिच्किएका बाबुराम भट्टराईले अन्ततः संविधान निर्माण प्रक्रियामा भारतलाई बेवास्ता गरेको भन्दै एमाओवापाटी नै परित्याग गरे । तर, नयाँ शक्ति भन्दै आएका उनलार्य अरुले त परै जाओस् पार्टीभित्र उनकै दाहिने हातका रुपमा चिनिएका नेताले पनि साथ छोडेका छन् ।

बाबुरामले सबैभन्दा ठूलो भर स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको गरेका थिए । तर, अहिले रायमाझीले भट्टराईको साथ छोडेका छन् । भट्टराईलाई अहिले प्रधानमन्त्री हुँदा बालुवाटारमा जागिर पाएकाहरुको मात्र साथ रहेको बुझिएको छ ।

उनलाई साथ दिनेमा १५० केन्द्रीय सदस्य मध्ये जम्मा ९ जनामात्र छन् । जसमा पत्नी हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामरिझन यादव, प्रभू साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पराजुली, कल्पना धमलाले मात्र उनलाई साथ दिने बताइन्छ । पराजुली र धमला दम्पति हुन् । अाजकाे बुधबार साप्ताहिकमा खबर छ ।