५ कार्तिक २०८३, बिहिबार

बालुवाटार छाड्ने बेला प्रधानमन्त्री कोइरालाले ओलीलाई दिए कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको दुई एमाले फिर्ता नबोलाए बर्खास्त गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार साँझ टेलिफोन गर्दै ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पार्टी फिर्ता बोलाउन आग्रह गरेका हुन्। ‘एउटा संवैधानिक निकायले कारवाही गर्न निर्देशन दिएको यति लामो समय भैसक्दा पनि फिर्ता किन नगरेको भन्दै प्रधानमन्त्री कोइरालाले अध्यक्ष ओलीलाई भनेका थिए,’ स्रोतले भनेको छ, ‘दुवैलाई मन्त्रीबाट फिर्ता नबोलाएर बर्खास्त गर्ने बताउनु भएको छ ।’

दुवैलाई बद्नियतपूर्ण निर्णय गरेको भन्दै अख्तियारले कारवाहीका लागि सरकार समक्ष सिफारिस गरेको थियो। ऊर्जा मन्त्री ज्ञवालीमाथि सोलु कोरिडोर प्रशारण लाइन निर्माण सम्बन्धी निर्माणमा अनुचित कार्य गरेको भन्दै कारवाहीको सिफारिस गरेका थियो। अख्तियारले मन्त्री ज्ञवालीसहितका विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेसहितकामाथि अभियोग लगाएको छ ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्री पौडेलले आफैले कारवाहीको सिफारिस गरेको व्यक्तिलाई खेलकुद परिषदको सदस्य सचिव बनाएर बदनियमपूर्ण कार्य गरेको आरोपमा कारवाही गर्न सरकारमा सिफारिस गरेको थियो। सरकार छाड्ने दिन नजिकिदै गरेको समयमा प्रधानमन्त्री कोइरालाले चालेका यो कदमलाई अर्थपूर्ण रुपमा लिइएको छ । नागरिक दैनिकमा समाचार छ ।