काठमाडौं, १३ असोज । एमालेले संविधानका विषयमा भ्रमपूर्ण प्रचार र नेपालको आन्तरिक मामिलामा भारतबाट अनावश्यक चासो प्रकट भएको भन्दै त्यसको प्रतिवाद गर्न आफ्ना अगुवा कार्यकर्तालाई निर्देशन दिएको छ ।
संविधान जारी भएपछिको अवस्था र खेल्नुपर्ने भुमिकाबारे एमालेले मंगलबार देशभरका अगुवा कार्यकर्ता भेला गरी यस्तो निर्देशन दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले मधेसी दलहरुको भड्काउन नलाग्न र वार्ताको माध्यमबाट सहमितमा आउन आग्रह गरे ।















प्रतिक्रिया