५ कार्तिक २०८३, बिहिबार

पार्टी छाडेर बाबुरामले को-को लाई बनाए घर न घाटको ? आँखाभरि आँसु पारेर नेताहरु रुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टी परित्याग गरेको भोलिपल्ट डा. बाबुराम भट्टराईले सानेपास्थित आफ्नो निवासमा निकट माओवादी नेतहरुको भेला डाक्दा उनी नाजवाफ भएका छन् ।

आफूहरुसंग सल्लाह नै नगरी पार्टी छोडेर आफूहरुलाई घर न घाटको बनाएको भन्दै बाबुराम निकट नेताहरुले आँखाभरि आँशु पारेर गुनासो गरेका थिए । आइतबार बिहान भएको उक्त भेलामा आफूहरुलाई धोका दिएको भन्दै निटक नेताहरुले आलोचना गरेपछि बाबुराम पनि केही बोल्न सकेनन् ।   स्रोतका अनुसार पार्टी परित्याग गर्नु अघि उनले चार जनलाई मात्र जानकारी दिएका थिए ।

टोपबहादुर रायमाझी, वर्षमान पुन, रामचन्द्र झा र नारायणकाजी श्रेष्ठलाई उनले जानकारी गराएका थिए । अब आफूले समाजका सबै क्षेत्रलाई समेटेर बृहत समाजवादी पार्टी निर्माणको योजना बनाएको बाबुरामले आफ्ना निकटहरुलाई बताएका छन् । भत्किएको घर छाडेपछि बरु जंगलमा बस्ने तर, घर नफर्किने घोषणा उनले गरिसकेका छन् ।

baburam-bhattraiसंसदबाट समेत राजीनामा दिएका उनी आफूालई स्वतन्त्र अभियन्ताका रुपमा अघि बढाएर जनजाति, मधेसी, दलित नेता तथा राजनीतिमा लाग्न चाहने व्यवसायी तथा स्वतन्त्र व्यक्तिहरुलाई एकीकृत गर्ने अभियानमा छन् । त्यसको सुरुवात उनले बुधबारदेखि नै सुरु गरिसकेका छन् । बुधबार दमननाथ ढुंगानादेखि कुशकुमार जोशीसम्मलाई एकै ठाउँमा राखेर उनले तराई मधेसको समस्या वार्ताबाट समाधान गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्त निकालेका थिए ।

त्यसलाई कतिपयले बाबुरामले भन्दै आएको नयाँ शक्तिको प्रारुपको रुपमा लिएका छन् ।  एमाओवादीमा बाबुरामका सबैभन्दा निकट मानिएका देवेन्द्र पौडेल र गंगा श्रेष्ठ मात्र छन् । रसिया भ्रमणमा रहेकी श्रीमती हिसिला यमीले समेत एक्कासी पार्टी छोडेकोमा आश्चर्य व्यक्र गरको बताइन्छ । उनका अर्का निकट टोपबहादुर रायमाझीालई बाबुरामको भन्दा नयाँ सरकारको बढी चिन्ता छ । अरु निकट नेता पनि बाबुरामसँग चिढिएका छन् । संविधान निर्माणको क्रममा देश विखण्डनतर्फ अघि बढेको भन्दै तराई भड्काउने गतिविधि गरेको भन्दै उनी चरम अलोकप्रिय भएका छन् । भारतले नाकाबन्दी लगाएको बेला उसैलाई बल पुग्ने गरी बाबुराम लागेको भन्दै उनको चरम आलोचना भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।