५ कार्तिक २०८३, बिहिबार

ब्लड मनी दिए अमर बमले मृत्युदण्डबाट छुटकारा पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amarbahadur Bomकाठमाडौं, १२ असोज । एक भारतीय नागरिकको हत्या अभियोगमा १२ वर्षदेखि संयुक्त अरब इमिरेट्स९युएइ०को दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ‘ब्लड/मनी’ बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन् ।

न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग भेटवार्ता गर्दै युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल/नहृ्यनले ‘नेपाली नागरिक बमले ब्लड/मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ जानकारी गराएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ वर्षीय बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेशमन्त्रीले मृतक परिवारलाई ब्लड/मनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिने आश्वासान दिएका थिए ।

दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबइ गएका थिए ।

भारतीय मार्बल कम्पनीको मालिकले युएइमा राम्रो रोजीरोटी दिलाउने भनेर लगेकोमा दुबइ उत्रिएको एक महिनामैं उनी भारतीय नागरिक शरद सेठ्ठीको हत्या अभियोगमा पक्राउ परेका थिए ।

भारतीय दुइ ब्यापारीको निजी सवारी चालक रहेकै अवस्थामा बुर/दुबइस्थित एक इण्डियन क्लबमा भएको हत्या प्रकरणमा चालक बमसहित अरु तीनजना भारतीय जेल चलान भएका थिए ।

आफूले अरबी बोलचाल र लेखिएको कागजी भाषा समेत नबुझेकाले दुबइको प्रारम्भिक अदालतमा भारतीय नागरिकको हत्यामा संलग्न रहेको भन्दै बयान दिएको बमले बताउादै आएका थिए ।