मस्को (रसिया), १० असोज । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले सिरियामा लिएको नीतिप्रति कडा आलोचना गर्नुभएको छ ।
अमेरिकाले सिरियाली विद्रोहीलाई दिँदै आएको सैनिक सहयोगलाई गैरकानुनी र अनावश्यक भन्दै राष्ट्रपति पुटिनले अमेरिकी च्यानल सीबीएस र पीबीएस टेलिभिजनलाई दिएको अन्तरवार्तामा अमेरिकाको उक्त सहयोग तत्काल रोकिनुपर्ने बताउनुभएको छ ।
रसियाका राष्ट्रपति पुटिनको अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटअघि भन्नुभयो, “पेन्टागनको ५ हजार लडाकूलाई दिइने भनिएको तालिममा सीमित लडाकूको मात्र सहभागिता भएको छ ।”
उहाँले थप्नुभयो आधुनिक अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घको विधानको हवाला दिँदै खटाइएको सुरक्षा सहयोग सिरियाको सन्दर्भमा उपलब्धिपूर्ण छैन । पुटिन र ओबामाको सामेबार भेट हुने कार्यक्रम छ । रासस/एपी















प्रतिक्रिया