काठमाडौं, १० असोज । रक्तसञ्चार केन्द्र (ब्लड बैंक)हरुले पनि अब सरकारी लाइसेन्स लिनुपर्ने भएको छ ।
रगतसम्बन्धी अनुगमन तथा नियमन गर्न सरकारले गठन गरेको राष्ट्रिय रक्तसञ्चार व्युरोबाट ब्लड बैंकले लाइसेन्स लिनुपर्ने भएको छ ।
रक्तसञ्चार सेवालाई व्यवस्थित मर्यादित र जिम्मेवार बनाउन लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागिएको ब्युरोले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
लाइसेन्सका लागि गत वैशाखमा आह्वान गरिएको थियो । तर, सबै सम्पर्कमा नआएपछि असोजभरका लागि समय बढाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी, निजी तथा सरकारी अस्पताल र चिकित्सा अध्ययन संस्थान गरी हाल सय वटा ब्लड बैंकहरु सञ्चालनमा रहेका छन् ।















प्रतिक्रिया