५ कार्तिक २०८३, बिहिबार

आजदेखि जोर–बिजोर प्रणालीमा सवारी साधन चल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Gadiकाठमाडौं, १० असोज । सरकारले आइतबारबाट सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा शनिबार बसेको सम्बद्ध निकायका उच्च अधिकारी सम्मिलित बैठकले आइतबारबाट दुइ पांग्रे मोटरसाइलकदेखि चार पांग्रे गाडिसम्म सबै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअनुसार आइतबार १० गते जोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने छ ।

बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न पाइने गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताएको समाचार नागरिक दैनिकले छापेको छ ।