३० आश्विन २०८३, शुक्रबार

विश्वसँग लड्न अमेरिका र चीन एकजुट, दुई शक्तिबीच के-के विषयमा भयो सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ९ असोज । संयुक्त राज्य अमेरिका र चीनबीच जलवायु परिवर्तन र साइबर अपराधका विरुद्धमा संयुक्त रुपमा लड्ने सहमति भएको समाचार छ ।

प्राप्त समाचारअनुसार यी दुई देशका राष्ट्रपतिले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँहरुबीच शुक्रबार भेटवार्ताका साथै संयुक्त पत्रकार सम्मेलन समेत सम्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शुक्रबार संयुक्त राज्य अमेरिकामा सम्पन्न वार्ताका क्रममा सो सहमति भएको बताइएको छ ।

Barack Obama, Xi Jinping,  Peng Liyuan,   Michelle Obama

उहाँहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो वार्ताका क्रममा विगतका दिनदेखि साइबर अपराधका घटनामा द्विपक्षीय विवाद उत्पन्न हुदै आएकोमा दुवै देशले यसका विरुद्धमा मिलेर लड्ने प्रतिबद्धता व्यक्त भएको बताइएको हो ।

साथै शुक्रबारै उहाँहरुबीच वासिङ्टनमा सामुहिक पत्रकार सम्मेलन भएको थियो । सो पत्रकार सम्मेलनका क्रममा दुवै नेताले एक आपसमा प्रसंशाका साथै आपसी विवादका बारेमा पनि सामान्य चर्चा गर्नुभएको थियो ।

सो पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ओबामाले जलवायु परिवर्तनका क्षेत्रमा मिलेर कामगर्ने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिले व्यक्त गरेकोमा त्यसको प्रसंशा गर्नुभएको थियो ।

तर ओबामाले चीनको मानवअधिकारप्रतिको प्रतिबद्धताको भने प्रश्न उठाउनुभएको थियो । चीनले हालका राजनीतिक आश्थाका बन्दीप्रति गरेको व्यवहारका साथै मानवअधिकारको विषयमा चीनको सामान्य आलोचना गर्नुभएको बताइएको छ ।

चीन र अमेरिका विश्वका दुई ठूला अर्थतन्त्र हुन् र उनीहरुकै कारण जलवायु परिवर्तनका क्षेत्रमा असर पर्ने गरेको छ । जलवायु परिवर्तनका क्षेत्रमा यसैवर्षको अन्त्यसम्ममा पूरा गर्नुपर्ने कतिपय प्रतिबद्धताहरु पूरा नभएको र त्यसको कारण पनि यी दुई देश नै रहेको बताइन्छ ।

चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिले गर्नुभएको थियो ।

विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुग्नुभएको हो । तर उहाँ तीन दिनदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाउनुभएको हो ।

राष्ट्रपति सिको सम्मानका लागि ह्वाइट हाउसमा कुनै पनि कसर बाँकी राखिएको थिएन । उहाँको पूर्ण सम्मानका साथ स्वागत र त्यस लगत्तै वार्ता पनि भएको थियो ।

विश्वको पहिलो र दोस्रो अर्थतन्त्र रहेका दुई देश क्रमशः अमेरिका र चीनले पछिल्लो समयमा धेरै कुरामा असहमति राख्दछन् । तरपनि पत्रकार सम्मेलनका साथै यस पटकको भेटवार्ताकै क्रममा भने दुई राष्ट्रपतिले कुनैपनि असहमति प्रकट गरेको देखिएन । रासस/एएफपी