काठमाडौं, ९ असोज । भारतीय आयल निगमले असुरक्षाको कारण देखाउँदै रक्सौलस्थित भारतीय डिपोमा इन्धन लिन गएका नेपाली गाडीमा तेल भर्न रोकेको छ ।
डिपोमा पुगेका ५६ ट्यांकर दुई दिनदेखि त्यत्तिकै थन्किएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार बिहान पुगेका ती ट्यांकरमा इन्धन भरिएको छैन् । भारतीय आयल निगमका कर्मचारीले ती ट्यांकरलाई मूल गेटबाट भित्र जान समेत दिएका छैनन् ।















प्रतिक्रिया