५ कार्तिक २०८३, बिहिबार

धितोपत्र बोर्डका विज्ञ नै बाणिज्य बैंकको अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rebat_B_karkiकाठमाडौं, ८ असोज । बैंक तथा वित्तिय संस्थाहरुको धितोपत्र बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्य नै राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनेपछि कस्तो नियमन होला ?

यसरी दोहोरो भूमिका निर्वाह गरिहेका डा. रेवतबहादुर कार्कीका कारण संस्थागत सुशासनमा असर परेको बोर्ड स्रोत बताउँछ ।

हाल नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाहरुमा पूँजी वृद्धिको योजना ल्याएपछि कतिपय वित्तिय संस्थाहरु मर्जरमा जान बाध्य भएको बेला एक अर्को संस्था बीचमा शेयरको अनुपात मिलाउन धितोपत्र बोर्ड जाँदा कार्कीले बार्गेनिङ गर्ने गरेको एक वित्तिय सस्थाका प्रमुखले गुनासो गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

नेपाल राष्ट्र बैकमा नै लामो समय काम गरेका कार्की नियमन निकायको परिधिको बारेमा जानकार नभएका भने होइनन् ।

विभिन्न वित्तिय सस्थाहरुले एक आपसमा मर्ज हुन राजी भएर सेयरको अनुपात मिलाउने क्रममा डा. कार्कीले भने आफू यस क्षेत्रको विज्ञ भएको भन्दै नसोधीकन कसरी अनुपात मिलाउनु भयो जस्ता अनावश्यक प्रश्न खडा गरेर मर्जरमा बाधा पु¥याइरहेका छन् ।

नेपाल राष्ट्र बैकले समस्या ग्रस्त घोषणा गरेको गोर्खा विकास बैक र काठमाडौं फाइनान्सको मर्जर प्रक्रिया कार्कीका कारण अवरुद्ध बनेको छ ।

कार्की गोर्खा विकास बैंकका बैंकिङ कसुरको अभियोग लागेका व्यक्तिहरुसँग साँठगाँठ गरि मर्ज हुन नदिने खेलमा लागेको धितोपत्रका एक कर्मचारी बताउँछन् ।

नियमन निकायमा रहेर लामो समय काम गरेका डा. कार्की हाल भने सेन्टर फर माइक्रोफाइनान्समा प्रमुख कार्यकारी रहेका छन् । लघु वित्त कम्पनीहरु नेपाल राष्ट्र बैकको ‘घ’ वर्गका वित्तीय सस्थाहरुले प्रवद्र्धन गरेको संस्था हो ।

कार्की नियमन निकाय नेपाल धितो पत्र बोर्डमा विज्ञका रुपमा सञ्चालक सदस्य रहेका छन् । यही समयमा सरकारको पूर्ण स्वमित्व रहेको राष्ट्रिय बाणिज्य बैकका अध्यक्ष भएर काम गरिरहेका छन् ।

बैक तथा वित्तिय सस्थाहरुको धितोपत्र सम्बन्धि नियमन निकायका रुपमा नेपाल धितो पत्र बोर्ड रहेको छ ।

यिनै सस्थाहरुले प्रवद्र्धन गरेको र माइक्रोफाइनान्सको धितोपत्र सम्बन्धी काम गर्दा कार्कीले आफ्नो व्यक्तिगत फाइदाका आधारमा बोर्डमा निर्णय गराउँदै आएको स्रोत बताउँछ ।

हाल विभिन्न बैक तथा वित्त कम्पनीहरु एक आपसमा गाभ्ने र गाभिने क्रम सुरु भएकाले यही वेला शेयरको अनुपात मिलाउने देखि धितोपत्रसँग सम्बन्धित विभिन्न काम बोर्ड मार्फत हुने गरेको छ ।

२५ वर्षसम्म बैकहरुको सुपरिवेक्षण गर्ने निकाय नेपाल राष्ट्र बैंकमा काम गरेका कार्कीले दुई वर्ष सम्म नेपाल स्टक ऐक्स्चेन्जको प्रमुख कार्यकारी भएर काम समेत गरेका थिए ।

उनको यो दोहोरो भूमिकाले बैंक तथा वित्तिय क्षेत्रमा अवरोध भइरहेको स्टक एक्चेन्जका एक पूर्व अध्यक्षले बताए ।