काठमाडौं, ८ असोज । डन कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरपछि ठूला नेताको संरक्षणमा रहेका गुण्डा नाइकेहरु बिदेश भागिसकेका छन् ।
र, राजधानीमा सधैं उग्र गतिविधि गर्दै आएका चक्रे मिलन ‘मिलन गुरुङ’ भने काठमाडौंमै रमाएर बसेका छन् । उनी कहिले गोरखा त कहिले काठमाडौं आवत जावत गरिरहने गरेको समचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार महाराजगञ्ज क्षेत्रमा चक्रेको गतिविधिहरु अझै जारी छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनका लागि पैसा उठाउने ५ जनालाई पक्राउ गरी थुनेको छ ।
तर चक्रे र उनका भाई तेजेन्द्र गुरुङलाई भने केही गरेको छैन । राजनीतिक संरक्षण मात्र नभई प्रहरीहरुसँगको निकटता पनि चक्रे नभाग्नुको कारण हो ।
स्रोतका अनुसार महानगरीय अपराध महाशाखाका एक डिएसपी चक्रेका साथी हुन् । ति डिएसपी कै कारण चक्रे निर्धक्कका साथ काठमाडौंमा बस्दै आएका छन् ।
चक्रे जेलमा बस्दा समेत सहयोगी परिचलान गरी पैसा उठाउने व्यक्ति हुन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागारमा रहँदा उनले हाउजीङ कम्पनीको एक्साभेटर समेत जलाउने र खुकुरी हान्न सहयोगी परिचालन गरेका थिए ।
गत वर्ष मात्र जेलबाट छुटेका उनी अझै सुध्रिएका छैनन् । एमाले नेताहरुको पनि उनलाई संरक्षण छ ।
यूवा संघ र अनेरास्ववियूका नेताहरुलाई नियमित सहयोग गरेर उनी आफ्नो पक्षमा बोल्न लगाउने गर्दछन् । त्यही कारण गृहमन्त्री वामदेव गौतमले पनि चक्रेलाई केही नगर्न निर्देशन दिएको स्रोत बताउँछ ।
तर, अहिलेको अवस्थामा गुण्डाहरुलाई नेताहरुको सिफारीस चल्न छाडेको छ । धेरै नेता र प्रहरी अधिकारीहरुकै संरक्षणमा रहेका घैंटे समेत मारिएपछि नेताको सिफारीस प्रहरीले मान्न छाडेको छ ।















प्रतिक्रिया