५ कार्तिक २०८३, बिहिबार

भारतीय गुप्तचरका पूर्वप्रमुख नेपालको संविधानबाट खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flagकाठमाडौं, ६ असोज । भारत सरकारले नेपालमा नयाँ संविधान घोषणाप्रति असन्तुष्ट जनाएपनि संविधानसभाको स्रोतबिन्दु मानिने १२ बुँदे समझदारी र अन्य राजनीतिक परिवर्तनका सुत्राधार मानिने भारतीय गुप्तचर निकाय रअका पूर्वप्रमुख पीके हर्मिस थारक्कनले भने समर्थन जनाएका छन् ।

उनले काठमाडौं संस्थापनले संविधानमा संशोधन गर्न सकिने भनिसकेकाले भारतले नेपालको नयाँ संविधानलाई समग्र रुपमा अस्वीकार गर्न नमिल्ने लेखेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

एक भारतीय दैनिकमा मंगलबार छापिएको उनको लेखामा नेपालको संविधानसभाले बहुमतका आधारमा संविधान पारित भएको भन्दै समर्थन गरिएको छ ।