काठमाडौँ, ५ असोज । नेकपा एमालेले नयाँ संविधानको स्वागतमा राजधानीमा गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गहिरो ‘पिरती’ देखियो ।
कुनै बेला एकले अर्काको नामै नसुन्न चाहने र आरोप-प्रत्यारोपमा मात्रै जुटिरहने यी दुई शीर्ष नेतालाई परिस्थितिले एकै ठाउँमा ल्याइदिएको छ । एमालेले काठमाडौँको दशरथ रंगशालामा गरेको चियापानमा भाग लिन अन्य नेताहरुसँगै पुगेका प्रचण्ड कहिले बसेर ओलीसँग गफिँदै थिए त कहिले कानेखुसी गर्दै थिए । दुई नेताबीचको गहिरो भलाकुसारी देख्दा एमालेका अन्य नेता र कार्यकर्ताहरु पनि रमाइलो मानिरहेका थिए । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई ओलीसँग टाढिँदै गर्दा प्रचण्ड भने नजिकिएका छन् । ओली र प्रचण्डको मिलापकै कारण नयाँ संविधान समेत सम्भव भएको कतिपयको बुझाइ छ ।
दशरथ रंगशालामा पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई पनि एमालेले भव्य स्वागत गरेको थियो । कार्यक्रम संचालकले प्रधानमन्त्रीको आगमन भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई तालीले स्वागत गर्न आह्वान गर्दा प्रधानमन्त्री कोइरालाको मुहार फर्किएको फुलझैँ भएको थियो ।
एमालेको चियापानले दशरथ रंगशाला भरिएको थियो । हेर्नुस् फोटोफिचर:
नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड लाई स्वागत गदै ओली साथमा नेता झलनाथ खनाल । तस्बिर: प्रदीपराज वन्त, राससनयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड केपी ओली , सभामुख सुवास नेम्वाङ एक आपसमा कुरा गर्दै । तस्बिर: प्रदीपराज वन्त,राससनयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गदै अध्यक्ष ओली । तस्बिर: प्रदीपराज वन्त, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा सहभागी कलाकारहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस
नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा सहभागीहरु । तस्बिर: रत्न श्रेष्ठ, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा सहभागीहरु । तस्बिर: रत्न श्रेष्ठ, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा चिया खान लामबद्ध सहभागीहरु । तस्बिर: रत्न श्रेष्ठ, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: रत्न श्रेष्ठ, राससनयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा पार्टी अध्यक्ष लाई वधाई दिदै मन्त्री महेश वस्नेत । तस्बिर: प्रदीपराज वन्त, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा सहभागी कलाकारहरु । तस्बिर: रत्न श्रेष्ठ, राससनयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङगशालामा आयोजित चियापान कार्यक्रममा सहभागीहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस
प्रतिक्रिया