२१ कार्तिक २०८३, शनिबार

कांग्रेसको आधिकारिकता पाउन ठूलो आर्थिक चलखेल भएको देखियो : देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतले न्याय दिने बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वसभापति देउवाले आफूहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताएका हुन् ।

देउवाले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप समेत लगाए । पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ ।

देउवाले महाधिवेशनमा आफू सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे ।

उनले पार्टीबाट आफूले धेरै पाइसकेकाले अब सबैलाई समेटेर अघि बढ्ने बताए ।