काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो । जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे । यी दुवै ब्याटरले १०४ रनको शतकीय साझेदारी गरे । वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए ।
लुम्बिनीका शेर मल्ल, अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २/२ विकेट हात पारे ।
चार खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।
काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।
काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा छ ।












प्रतिक्रिया